Skip to content

रामचन्द्र बस्याल

कानुन फुल्ने बोट अब

उखेलेरै फ्याकिदिए कानुन फुल्ने बोट अब
हेर्ने कसले देख्ने कसले जन्ताका चोट अब

सरकारी गिरोह छन देश जन्ता भुट्ने सारा
चोर पनि साधु भए कस्मा लाउने खोट अब

भेष भुष जलाएर बिरका ती सन्तान भए
जन्ताका परजीवी लाउछन किन कोट अब