Skip to content

टीका 'भाइ'

भोक र शहर

भोक पस्छ
कुनै बेरोजगारको ढुक-ढुकीसितै हल्ली बस्ने कमिजको देब्रे खल्तीमा
अनि शहरलाई उसको आवेदनमा तेर्सिएको हस्ताक्षर भएर हेर्छ

भोक बस्छ
कुनै अपाङ्ग मगन्तेको आँखाको नानीमा
अनि शहरलाई उसको फैलिएको हात भएर हेर्छ