Skip to content

अनिता भण्डारी (पौडेल)

जीवनको भोगाइमा

अविरल निरन्तर सिलसिलामा बगेको समयसँगै
हाँसो, खुशी, पीडा, दर्द जे जसरीपनि हाँस्नुपर्छ, बाँच्नुपर्छ ।
राम्रो नराम्रो जस्तो भएपनि
जीवन निर्बाह बाच्नुमामात्र सीमित छ
अरुका खुशीका लागि पनि हाँस्नुपर्छ ।
सन्ततिका लागि पनि बाँच्नुपर्छ ।

तिम्रो नजर

घरिघरि नजर यता किन जुधाउछौ ।
वरिपरी आँखा तिमि किन घुमाउछौ

मन भरि कथा बुनि तिम्रो सामू जादा
तिम्रै मात्र कथा मलाई किन सुनाउछौ

तिमीसंग बितेका पलहरु संगालेर राखे
समाजमा मायाको पोको किन फुकाउछौ

अर्थहीन बनेका मेरा मायाका शब्दहरु
बेबारिसे बनाई रातारात किन लुकाउछौ

तिमिबाटै फक्रिने कोपिला रुपी मायालाई
आस्था र बिश्वाश दुवै तोडी किन चुडाउछौ