binod maharjan

नेपाली भै जन्मे

नेपाली भै जन्मे नेपाली भै मर्न पाइन्छ कि पाइदैन ?
साँघुरिदैछ हाम्रो सिमा नेपाली हावामा सास फेर्न पाइन्छ कि पाइदैन ?

बर्खायाममा नदीका भेल हामीतिरै फर्काइनछ
सिमानामा हाम्रा दाजुभाइलाई दिउसै तर्साइन्छ
एउटा छिमेकीको आँखा सगरमाथा अर्कोको बुद्धमाथि छ रे
तिबती र भुटानीको जन थोपर्दै हामीमाथि छ रे

चार भन्ज्यांगभित्र मात्र पक्कै नेपाल हैन
छामेर हेर आफ्नो मुटु त्यहाँ नेपाल छ कि छैन
हिमाल पहाड टरेको कित्ता छुट्याईदैछ रे
बाहुन छेत्री नेवार भनि रास्ट्रियता बुच्याईदैछ रे

धर्म संस्कृति र इतिहासमाथि खेलवाड सुरु भैसक्यो
नेपाल हाँक्छु भन्ने सारथी छिमेकि नागरिक भैसक्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिम्रो याद तेल बनि मन जल्ने भो

तिम्रो याद तेल बनि मन जल्ने भो
सम्झनाहरु जेल बनि तन गल्ने भो

सिसिर र बसन्तको अब के खाँचो
तिम्रै पर्खाइमा जीवन ढल्ने भो

अनगिन्ति हुरी सहदै फक्रेको प्रेम
बिछोडको भुमरीमा परि झर्ने भो

पार गर्न नसकिने हामीबीचको दुरी
समयको यौबन संगै झन् बढ्ने भो

हाम्रो धड्कन जोड्ने सेतु नबन्दै
सम्बन्धमा हाम्रो तुसारो चल्ने भो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •