Skip to content

RB Ronzai

के कुरा

के कुरा ?
चाल तिम्रो देख्दा आफ्नो हाल को के कुरा ?
रुपरंग साँच्चै तिम्रो बबालको के कुरा ?

पुर्णिमा को चन्द्रझैं तिम्रो मुहारको चमक ,
अझ झर्झर फिजिएका कपालको के कुरा ?

देख्दै लट्ठ पार्ने तिम्रा नशालु ति नयनहरु ,
अनि दिलमा मच्चिएको धमालको के कुरा ?

मुस्काउँदा देखिने ति सेताम्य दन्ते लहरहरु ,
अझ स्वच्छ दिल तिम्रो कमाल को के कुरा ?

आमा

सायद दूधका भारा आमा तिर्न म सक्दिन,
फरिया समाई अँझै तिमीलाई पिर्न म सक्दिन,

अनल समिपका निहत्था काँधहरूले,
हे जननी, जिम्बेवारी भिर्न म सक्दिन,

सायद दूधका भारा आमा तिर्न म सक्दिन,
फरिया समाई अँझै तिमीलाई पिर्न म सक्दिन,

अनल समिपका निहत्था काँधहरूले,
हे जननी, जिम्मेवारी भिर्न म सक्दिन,

मिर्मिरेको तारा हुँ म, धेरै पटक गिरिसकें,
अब योभन्दा धेरै गिर्नमा सक्दिन,

मेरो पनि त चाह थियो, स्वर्गनै हातमा थमाइदिने,
फेरि स्वर्गबाट धर्ती छिर्न म सक्दिन |