Skip to content

RB Ronzai

जब तिम्रो कुरा हुन्छ

जब तिम्रो कुरा हुन्छ, उसको बोली छुरा हुन्छ
भन्छे तिम्लाई भुले मात्रै उसको इच्छा पुरा हुन्छ
हराइसक्यौ जीवनबाट मनदेखि नि जाऊ अरे
तिमी गए उसको हातमा मेहेन्दी र चुरा हुन्छ

शब्द को खेल

कहिले त्यसै रुवाइने
कैले त्यसै हँसाइदिने
यो शब्द को खेल बिचित्र !
कहिले कुनै शब्दहरुले खुसीको गहिराइमा डुबाइदिन्छ
कहिले हजार खन्जर हानि रगतको आँशु रुवाइदिन्छ
कति शब्द प्यारा हुन्छन कति हुन्छन धोकेबाज
म भन्छु एउटा कुरा अरुलाई अर्कै बुझाइदिन्छ |
अन्जानलाई मिलाइदिने
आफ्नैलाई छुटाईदिने
यो शब्द को खेल बिचित्र !
यो शब्द को खेल बिचित्र !

यो फलाम सलाम !!

साच्चै तिमी रै’छौ हिरा, म फलाम
तिमी चम्कन्छौ, म खिइन्छु ।
तिमी शोभा हर अंगको, म त फगत् खुट्टाको खुर
यो फलाम को, तिमी हिरालाई सलाम !!

तिमी र म पाउने स्थान एक छ

एक छ समाप्ति हुने, त्यो जमिन !
तर,
बिडम्बना ! मभन्दा मूल्यवान तिमीलाई पाउन,
मभन्दा तल गिर्नु पर्दो रै’छ ।

RBRonzai

कसैलाई तिमी पनि मनपराएर हेर

कसैलाई तिमी पनि मनपराएर हेर
खालि दिलमा कसैलाई सजाएर हेर

खान, पिउन, उठ्न, बस्न सप्पै भुल्नेछौ तिमी,
कसैको सम्झनामा मात्र हराएर हेर

मरिहत्ते गर्दा पनि तर्किएर उनी हिड्दा
पीडामा छटपटीदै तिमी कराएर हेर

आजकल त बोल्नै छाडेउ

के भुल गरेँ प्रिय ?
आजकल त बोल्नै छाडेउ
कुन कुरा मा चुके प्रिय ?
आजकल त बोल्नै छाडेउ

पैले त मलाई
अत्ति मन पराउँथ्यौ |
एक इशारामा नै
दिल को कुरा सुनाउथ्यौ |
खुशी हुँदा रमाउँथ्यौ ,
दुखि हुँदा कराउँथ्यौ ,
आजभोली त खै किन हो ?
नजिक पर्दा तर्किन्छौ ,
बोल्न खोज्यो झर्किन्छौ , मर्किन्छौ
फरक्क फर्किन्छौ , पर पर लर्किन्छौ |

म त यहाँ तिम्लाई सम्झी
कालो बादल बनि दर्किन्छु |
आज पनि आउँछौ कि भनि ,
हरपल तिम्रै बाटो पर्खिन्छु |

जान्नुपर्छ

जिन्दगीमा मानिसले रुन पनि जान्नुपर्छ ,
कहिले खुसी कहिले दुखी हुन पनि जान्नुपर्छ,
कर्मले नै सफल सबै कहाँ भाका छन् र यहाँ ??
कहिले काहीं डोकोमा दूध दुन पनि जान्नुपर्छ ।

विरहको गीत

बिरहको गीत फेरि सुन्न मन लाग्यो,
सम्झी सम्झी बिगतलाई रुन मन लाग्यो
कोट्याउँछु जति, दुख्छ मनभित्रका घाउ मेरा
तर पनि पटक पटक छुन मन लाग्यो ।

जीवनरथ

जिन्दगीको अनौठो खेल खेल्दै छु म
सुख:दुख जेजे आउँछ सब झेल्दै छु म
पन्चर भएको गाडा जस्तै भैसक्यो जीवन मेरो
सकी नसकी बल लगाई अघि ठेल्दै छु म ।

आफैलाई बलि चढाएर आएँ

आज आफैलाई बलि चढाएर आएँ ,
आफ्नै ढाडमा तिखो छुरी चलाएर आएँ

आधा मुटु त टुक्रा टुक्रा बनाईसकेउ ,
अलिकति बाँकि थियो जलाएर आएँ
आज आफैलाई बलि चढाएर आएँ ,

अब त जिन्दगीदेखीनै हार खाइसकें
छिटो आउ यम भनि बोलाएर आएँ
आफ्नै ढाडमा तिखो छुरी चलाएर आएँ

जिन्दगी

सुख दुख मेरो पनि चल्छरे जिन्दगी
चितामा नै मेरो पनि जल्छरे जिन्दगी
दिनभरिको रमझमपछिको घाम हुँ म,
गोधुलिमा मेरो पनि ढल्छरे जिन्दगी |

तिमीलाई नै रोजें

मैले हजारौंमा तिमीलाई नै रोजें त्यसै त रोजिन,
आकाश पाताल कहाँ कहाँ खोजे, त्यसै त खोजिन

हर बटुवाका चेहेराभन्दा पृथक तिम्रो खोजीमा,
बौलाहा सरी चारैतिर डुलें, त्यसै त डुलिन

पाउन केही केही न केही गुमाउननै पर्दो रै’छ,
तिम्रै आशमा संसार त्यागें, त्यसै त त्यागिन