जीउँदै पनि मरेजस्तो मानिसको चोला रैछ
जीउँदै पनि मरेजस्तो मानिसको चोला रैछ
यता ताक्दा उता लाग्ने रबरको गोला रैछ //
यता टालें उता टालें कति टालें यो जीन्दगी
जति टाल्यो उद्रिजाने च्यात्तीएको झोला रैछ //
रंगीन हुन्छ यो जवानी भन्दै थिए जान्ने सुन्ने
खडेरी झैं सुकिजाने बर्षातको खोला रैछ //
के बनायौ यस्तो जीवन केही राख्न भुलेजस्तो
रंग विना फालिएको होलीको त्यो लोला रैछ //
नपुग्ने नै रैछ भने के दियौ र त्यस्तो रहर
जीन्दगी नै भष्म पार्ने आगोको यो शोला रैछ //
– मनोज बोहरा
भक्तिपुर–७, सर्लाही
हालः काठमाडौं
