अरू कुमारी केटीहरू सपनामा आˆनो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ । जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो । एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ । रोहणले मलाई दिएको माया म यहाँ वर्णन गर्न सक्तिन ।