मान्छे ! हिजोसम्म ‘तिमी’भित्र ‘हामी’ हराएको आभास हुन्थ्यो
‘तिमी’ले ‘हामी’लाई त सोच्नै भ्याएनौ
‘तिमी’भित्रको ‘म’ले तिम्रा आँखामा पट्टी बाँधिदिएको थियो
हामीले कल्पना गर्यौं, तिमीले पट्टी खोल्छौ कि भनेर
अहं तर तिमीले खोल्नै चाहेनौ
हामीलाई थाहा थियो,
किनकि ‘तिमी’ ‘मेरो’को दास भइसकेका थियौ ।