Skip to content

बिश्वास लामा

भावना

जीवनका आरोह अनि अबरोहभित्र गुम्सिएको जीवनका भोगाइहरू सबैको आफ्नो आफ्नो नै हुन्छ्न । समय त्यो छाल हो जस्ले जीवनको कुनै पनि मोडहरूमा हुरी बतास ल्याई जीवन तहस नहस अन्धकार बनाउन सक्छ ।

यहाँ सबैको आफ्नै कथा छन आफ्नै बेथा छन, बस अर्काको दुखको काहानी सुन्ने कसैलाई फुर्सद छैन । फरक यत्ति नै छ यहाँ कोही बितेको जीवनभित्रको दु:खमा पिल्सिएका छन् । कोही माया गरेर मायाको त्यो पलभित्र पिल्सिएका छ्न, कोही सपना अनिरहर भित्रको जीव भित्र पिल्सिएका छन ।

तिमी बादल बनी आकाशमा ढाकिदेउ

             म पानी बनी बर्सिदिनेछु 

          तिमी आकाश बनी देउ

       म तारा बनी चम्किदिन्छु

    तिमी गोरेटो बनी देउ

म यात्रा बनी लम्की दिन्छु