धेरै लुक्यो मनमै भाव, आजै पोखें तिम्रो सामु
लाजले हो कि डरले हो, श्वासनै रोकें तिम्रो सामु
दुस्प्रयास पो हुने हो कि, चलन यस्तै चलिरा’छ,
उपहार गुलाबसँग प्रेमलाई जोखें तिम्रो सामु
पहिलो चोटि प्रस्ताव यो तिमीलाई राख्दैछु म,
प्रेमिकालाई भन्नु पर्ने शब्द घोकें तिम्रो सामु