Skip to content

सोम डेमनडौरा

तीन मुक्तक (आफ्नै मुटुमा व्यथा)

१.
एउटा कोमल फूल मुटुभित्र घोच्दै छ घरीघरी
काँडाले पनि किन हो किन रोज्दै छ घरीघरी
मुटुभरीका पीडा फुटेर बग्दैछन् छताछुल्ल
यो कहाली मन उसैलाई सोच्दै छ घरीघरी

२.
नलेखिएको उनको कथा लेख्दा कतै उनलाई चोट पुग्छ कि
सपनीमा चेहरा गुलाबी देख्दा कतै उनलाई चोट पुग्छ कि
लेखुँ मनभरि चोट नलेखुँ आफ्नै मुटुमा व्यथाका पोका
खुल्दुलीका जाल उनमा फ्याक्दा कतै उनलाई चोट पुग्छ कि