Skip to content

निर्भीक राई

NirveekRai-02

विम्वहरूमा साहित्यकारहरू

  • by

(साहित्यकारका परिभाषाहरू)

साहित्यकार – दर्दलाई सिपालु पाराले कलमको चुच्चोबाट छाद्दै सन्चो हुने मदौरो ।

साहित्यकार – आफ्नो ज्यान छेलिँदा वा बिलाउँदा पनि नाम कागजमा प्रदर्शन गर्नु लालायित महत्वाकाङ्क्षी ।

साहित्यकार – पैसा चलाउन नपाउँदाको दुःख चर्चा फैलाई दुःख घटाउन चाहने अस्तित्ववादी ।

मलले सप्रिएको र हौसिएको बाली (१०६ औँ समजयन्ती)

सम्पन्न परिवारमा जन्मी हुर्की धेरै राणाहरू जस्तो भोग-विलासमा रमाउँदै उपभोक्तवादी बनेर कुकुर बिरालो झैँ मर्नुको साटो साहित्य साधनामा आफ्नो सारा जीवन घोटेकोले बालकृष्ण समप्रति मेरो सम्मानको हिमाल ठडिन्छ । सम-निवासमा पसेर उनीबारे बुझ्ने मेरो उधुम इच्छा जागिरहेको बेला १०६ औँ समजयन्ती मनाइने खबर एफएमले फुक्यो ।

कक्षा ९—१० को पद्यमा ‘इच्छा’ (कविता) बाहेक मैले समको कुनै पनि कृति पिएको छुइनँ । उनीबारे मैले सुनेको छु, “समले देवकोटाको खुट्टा तान्ने कोसिस गर्थ्यो रे, डाही गर्थ्यो रे र प्रकाश सायमीले सुनाएको पुरस्कृत कविताको प्रतिकृया स्वरुप उनलाई समले ढाप मारेको र उनलाई घर लगी सम्मान गरेको ।”

NirvikRai

बसाइँवालालाई खिसी गर्नु व्यर्थ

अन्ध-राष्ट्रबादसँग बिमित
बसाइँवालालाई खिसी गर्नु व्यर्थ

साझा पृथ्वी ।
जहाँ धेरै तलब,
त्यहाँ काम गर्नु मजा ।
हिलोमा गाडिँदै हिँड्नु पर्ने जुत्ताले
ओभानो ठाउँ खोजेझैँ
जहाँ जीवनस्तर उक्सिने
त्यहाँ बसाइँ सर्दा ठीक भएको ।