निर्भीक राई

पैसाले अघाएको स्रष्टाको रुपान्तरण (स्रष्टा जगदीश घिमिरेको अन्तिम बिदाइ)

जाँदो १४ कातिक बिहान टिभिको स्कोलिङ न्युजमा स्रष्टा जगदीश घिमिरे बितेको खबरमा मेरो नजर प¥यो । साहित्यमा पूर्णकालीन रुपमा मैले खुर धसेको ७ वर्ष टेक्नु लाग्दा रुचाएको स्रष्टा नबितेकोले स्रष्टाको मलामीमा जुट्ने मेरो धोको अपूरो थियो । उनको ‘अन्तर्मनको यात्रा’ र ‘सिर्जनामर्म र उँट’ लेखले म उनीबाट पट्टिनुको बाबजूद उक्त धोको पूरा गर्ने कुराले म दोधारमा रेटिनु थालेँ । जसको कारणहरु यी थिए— उनी माइलोमाले थलिएर ‘अन्तर्मनको यात्रा’ मा उनले प्रलाप गरेपछि उनलाई अनावश्यक धेर टिठ्याइयो भन्ने मैले तर्क ठड्याउनु, उनको आयु ४ वर्ष मात्र बाँकी रहेको जानकारी चिकित्सकले दिएकोमा त्यो अवधि नाघेकोले उनीप्रतिको मेरो सहानुभूतिको पारो घट्नु, उनले ‘अन्र्तमनको यात्रा’ को पृष्ठसङ्ख्या ३ मा यी पङ्तिहरुमा हरेस गनगनाउँदै सुस्केरा फुक्नु— “ब्यङ्ककको तीनजना प्रतिष्ठित विशेषज्ञहरुले मेरोजस्तै स्वास्थ्यसूचक भएका माइलोमारोगीहरुको औसत आयु ३—४ वर्ष हुन्छ भने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कवितावाचनको पहिलो निमेक

(किरातराई लेखकसङ्घको दोस्रो स्थापनादिवसको उपलक्ष्यमा आयोजित कवितागोष्ठी तथा सम्मानकार्यक्रम)

प्रज्ञा भवनको सानो हलमा उक्लिएँ । मैले वाचन गर्ने कविता किरातराई लेखक सङ्घको अध्यक्ष राजन मुकारुङलाई थम्याएँ । वाचन गर्न नपाओस् भनी नेपाली रुपान्तरचाहिँ उनले छुट्टै राखे । शुद्ध बुङ्लावा भाषामा मात्र वाचन गर्नु पर्ने (नेपालीमा अर्थ खुलाउन नपाइने) आचारसंहिता उनले जारी गरे । नेपाली रुपान्तर मैले फिर्ता माग्दा छाप्नुलाई जरुरी भएको उनले ठानी फिर्ता दिनु इनकारे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फाल्टो समयको असल उपयोग (‘निर्वस्त्र नगरीमा’ को विमोचन)

  • by

निजी गाडीहरूले टुरिजम बोर्डको आँगन छपक्क ढाकेको तडकभडक देख्दा नै मलाई उल्टी आउनु खोज्यो ।

म हतारिँदै सभाहल भित्रिएँ । कुर्सी निम्ठो भएर दर्शक सिँढीमा पोखिएको ।

विष्णुविभु घिमिरेले भट्ट्याए, “यसपीले आफ्नो कविता वाचन गर्दा मो निदाइर’को थेँ । कविता कविता नै रै’छ । कविताभन्दा भिन्न केही रै’नछ । विषय वस्तुलै कसरी पेस्ने तेसैमा कविता भर पर्ने । घण्टाघरलै कैयौँले देखे । तो बाटो भएर हिँड्दा । अरुले नसोच्या, नदेख्या कुराहरू लेखे कविता मजाले भूपिले । मातेको मान्छे गतिलो मान्छे नभए पनि तेसैको बारे अमर कविता लेख्नु भो वैरागी दाइले । एसपीको कविताहरूमा सुन्दर भाषा, नौलो विम्व, चलन चल्तीको शब्दहरू पाएँ ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आँखा रसाउनु सर्जकको एउटा लक्षण (‘समय रक्तस्नान गरिरहेछ’ लोकार्पणसमारोह)

  • by

जाँदो वैशाख ११ बिहान दिनेशविक्रम थापाले आफ्नो प्रथम कवितासङ्ग्रह ‘समय रक्तस्नान गरिरहेछ’ को लोकार्पणमा उपस्थित हुन खबर गर्दा नागर्जुनडाँडा घुम्न जाने कार्यक्रमलाई मैले रद्ध गरेँ ।

दिनेशविक्रमबाट मन्न्तव्य गयो, “सानैबाट पालेको रहर पूरा हुँदैछ । विशेष गरी मेरो साइँलादाजुको हात छ, म साहित्य तर्फ लाग्नुमा । जीवन सङ्गिनीको निधनले मलाई कविता लेखनतिर तान्यो । मेरी छोरी कविताको पनि प्रेरणा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जोडदार प्रतिकृयाले दिएको मजा (साहित्यसन्ध्या २६४ औँ शृंखला)

  • by

‘साहित्यसन्ध्या’ अरु बेलाभन्दा बाक्लो उपस्थितिबीच क्लिीप माइक्रोफोनबाट फुकिएका कुराहरू कुसुम ज्ञवालीबाट ल्यापटपमा रिकर्डिङ हुँदै सञ्चालन भइरहेको ।

सुमी लोहनीले ‘मधुश्री,’ मिश्र उमाले ‘हातमा माला लिएर,’ टङ्क उप्रेतीले ‘डुङ्गा,’ सूर्य सुवेदीले ‘उधारो शुभकामना,’ मोहन दुवालले ‘नयाँ वर्ष’, प्रशान्त खरेलले ‘प्रतिबद्धता र यथार्थता’, ईश्वर श्रेष्ठले ‘बाग्मती,’ भारद्वज मित्रले ‘शुभकामना,’ नारायण निराशीले वसन्ततिलक छन्दमा ‘शुभकामना’, कविता, नरेश शाक्यले ‘मुक्तकहरू’, (उनको वाचनको बेला ताली पड्किएको) र धनबहादुर मगरले गीत सुनाए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो थाङ्ने बातले रसिकको भात हिउँ (सास रहन्जेल आस रहने)

  • by

गायक, सङ्गीतकार तथा साहित्यकार गणेश रसिकको र मेरो राजनीतिक आस्था उत्तरदक्षिण जस्तो विपरीत भए पनि नेपालमा जन्मीहुर्की साहित्यसाधनामा घोटिएको किरात राई जातिमा मेरो लागि उनी सबभन्दा (उमेर र कृतिले) जेठो र सम्मानित व्यक्तित्व हुन् । त्यसैले समको १०६ औँ जन्मजयन्ती सिद्धिएपछि उनको नक्सालस्थित डेरातिर हानिएँ ।

उनको बैठककोठामा पसी मैले बोकेको खाजा लिनु निमेषसँग मैले चम्चा मागेँ । भाउजूसँग घरायसी गफ जोत्न थालेँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकतर्फी प्रेमको मात (आफूले चाहँदैमा घृणा नपाइने)

  • by

तिम्रो एकतर्फी प्रेमको फोप्सीमा (खाडल) बाट निस्कनु
मैले अनेक उपाय खोज्दा पनि म असफलतामा पछारिइरहेको ।
पहिलो हेराइमा तिम्रो रुपले लट्ठ्याएको नशाबाट म बाैिरनु नसकेको ।
तिम्रो एकतर्फी प्रेममा समर्पित हुँदा म खुस्किएको ।
जुन समर्पणबाट शहीदलेजस्तो इज्जत मैले पाउनुको साटो
‘कात्तिके कुकुर वा देउते बोको’ को सम्बोधनबाट म अपमानित हुनु सक्ने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
NirveekRai-07

मार्क्सवादको एउटा असल पक्ष – ‘प्रतिभाप्रवाह’ शृङ्खला ६० औँ

  • by

त्रिचन्द्र कलेजको पुरानो भवनको तेस्रो तलाको कौसीमा सहभागीहरू पर्खिरहेको । जाँदो असोज-कात्तिकको अन्तिम शनिवार उक्त कार्यक्रम हुन नसक्नुमा दसैँतिहारको अनावश्यक लामो बिदाको कारण जिम्मेवार भएको प्रसङ्ग संयोजक हरिगोविन्द लुइँटेल र खेम थपलियाबीच चल्यो ।

मैले बोलेँ, “असोजअन्तिम हप्ताको शनिवार कविता भन्ने तोडले म यहाँ बड्किएर आ’को । चालचुल न भा’कोले हिस्सिएर फर्केँ । बूढियाले भनी – मान्छेलाई दसैँ लागेर घटस्थापनादेखि राजधानी छाडिसके तपाईँलाई चैँ खाइ न पाइ कविता सुनाउने चासो ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20120828_NirveekRai_memoir

समयले पल्टा खाएपछि

राजपरिवारले ढलीमली गर्ने राजदरबारको साटो
सर्वसाधारणको खुट्टाहरूले टेक्ने र आँखाहरू डुल्ने
सङ्ग्रहालयमा परिणत भएकोमा
नारायणहिटीको टावर गर्वले शिर ठाडो पारिरहेको ।
नारायणहिटीदरबार सङ्ग्रहालयको प्रत्येक चीज
शताब्दीयौँ अघिबाट राजसंस्थाले रैती चुसेको दसी भएको ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
NirveekRai-06

सङ्घर्षकालको पीडा (कवितावाचनको लागि हत्ते हलाइ)

  • by

देवकोटाको सम्झनामा भएको कवितागोष्ठीमा देवकोटाकै बारे लेखिएको (त्यसमा पनि ‘गरिमा’ जस्तो नेपाली साहित्यिक पत्रिकाको सर्वोच्च पत्रिकामा छापिएको) ताजा कविता वाचन गर्ने मौका निस्सै पाइन्छ भन्ने आशाले म सुरिइरहेको ।

चाइनिज जिनको ब्राउन रङको पात्लो ज्याकेटमाथि साङ्लो भिरेँ । हिपहप पत्लुन, बुट आदिमा तयार परेँ । कानमा नीलो पत्थरको इयरङि झुन्ड्याएँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिँदाको प्रभावहरू)

  • by

२०३३ सालमा मेरो कविता ‘एउटा पुजारीको सुझाव मन्दिरको देवीलाई’ महाराजगन्ज क्याम्पसको मुख-पत्र ‘अङ्कुर’ मा उत्रिएको सबभन्दा पहिलो (ऐतिहासिक घटना) भएता पनि म पोक्किनँ । किनकि कविता पेस्ने सबै विद्यार्थीहरूको कविताहरू स्वतः त्यहाँ उत्रिएको थियो । २०४३ सालमा मेरो अर्को कविता ‘मेरो हेराइको मतलब’ हेटौडाबाट प्रकाशित प्रगतिशील साहित्यिक पत्रिका ‘प्रयास’ मा उत्रिँदा खुब रमाएँ । तर मेरो शब्दहरू बदाल्दिएकोले त्यतिखेर म रिसाएँ पनि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सोचेजस्तो उपलब्धि नपाएको कार्यक्रम

  • by

बाडिगार्डसहित भित्रिएका शिक्षामन्त्री प्रदीप नेपाल सोझै मञ्चमा चढेर सगोलमा नमस्कार टक्र्याए ।

उनको ‘मुक्त आकाशको खोजी’, ‘खुइते कडेरिया’, ‘नओइलिने फूल’ र पत्रिकामा उत्रिएका संस्मरणहरू सङ्खुवासभाको २०४१ सालतिर वाना बसाइमा मैले पिएको । ६० वर्षपछि राजनीतिबाट सन्यास लिएर साहित्यमा पूरा समय दिने उनको विचारले त्यसप्रतिको उनको कामुकता (समर्पण) व्यक्त हुँदैन । जागिरबाट अवकाश हुने जागिरे साहित्यकार साहित्यमा होमिन खोजे जस्तै त्यो हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भद्रकुमारी घले ः परनिर्भरवादी र नमुनाकी एउटी महिला

  • by

मोर्निङ स्टार स्कुलको कम्पाउन्डमा भटभटे पसाएँ । मान्छेको जमघट सुरु । “रुसीसांस्कृतिक केन्द्रको कार्यक्रममा पनि तपाईँ हुनुहुन्थ्यो,” इन्दिरा अर्यालले दाबी राखिन् ।

“म नै हो त पक्कै ?” मैले मुस्काउँदै भनेँ ।

“तपाईँ नै हो ।”

मेरो जीउमा बेरिएको साङ्लोको झुत्ता देखाउँदै मैले सोधेँ, “यही साङ्लोले ख्याल गर्नु भा’को होला ह कि ?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देवकोटाप्रति अनावश्यक चासो (महाकविको कर्मघर)

घर अगाडिपछाडि ४-४ आना जत्ति चउर, तीन आना जत्तिमा माटोले लगाइको इँटको गारोमा ठडिएको ४ तले घर कर्कट पाताको छानामुनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कर्मघर ओतिएको । त्यसको झ्यालढोकाहरू देख्दा हाम्रो गाँउको गढीगाउँका बस्नेत मुखियाहरूको घरको झल्को दिने । अनेक चासो उर्लिरहेको मनसँगै त्यो घरमा म पहिलो दफा भित्रिँदै थिएँ ।

त्यहाँ भएका लुम्रेझुम्रे मान्छेहरूलाई देवकोटाको सन्तान ठान्दै म खिन्न हुँदै थिएँ । तिनीहरू डेरावालाहरू भएको कुरा पछि थाहा भयो । देवकोटाको निजी कोठा, त्यहाँ भएको खाट, टेबल, कुर्सी, दराज, पुस्तकको चाङ, निजी सामान र लुगाफाटा हेर्ने कुतूहलसँगै काठको भर्याङ उक्लँदै थिएँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बन्दुकसँगै कलम चलाउनेहरूको सुकर्म

  • by

उक्त कार्यक्रमका आयोजकहरू जगत नवोदित र किसन राईसँग चिनाजाना साट्यौँ । बृटिशसेनामा कार्यरत लाहुरेहरूको पहलमा उक्त संस्था गठन र सञ्चालन भएको रहेछ । आर्मीम्यानले अत्याधिक समय बन्दुक र गोलीगट्ठा खेलाउनु, खेलकुद र नाचगानमा बिताउँछ । तर त्यस्तो दैनिकी, सङ्गत र परिवेशको बावजूद साहित्यजस्तो ओथ्रे (जो कोठाको सीमित घेरामा कुँजिएर गरिने) काम रुचाएको बुझ्दा मैले अनौठो मानेँ र गर्वले म फुलिएँ । अचेलका पल्टनेहरू पल्टने जीवनमा सैनिक तालिम, काम, खेलकुद र नाचगानमा प्रतिभा देखाएर फुली भिर्न र स्टरलिङ पौन्ड कमाएर पहराजस्तो मुन्डा घर ठड्याउन मात्र लालायित र सीमित छैनन् र उनीहरू पैसा तुलाउने वा भौतिक उन्नतिको सेखी गर्ने मात्र नभएर अस्तित्व र अमरताप्रति पनि लालायित छन् । जिन्दगीको अर्थ र जिम्मेवारी खोज्ने क्रममा लाहुरेहरूमा उब्जिएको यो सोच मजस्तो अस्तित्ववादी र अमरताको लोभीले सर्काउनु चुकिनँ । उनीहरू यस्तो हुनुमा अचेल शिक्षित केटाहरू भर्ती हुनाले पनि हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20110909_NirveekRai_memoir

ब्याट्रि फेर्ने काम

  • by

(भोजपुरे स्रष्टासम्मान, प्रतिभा पुरस्कारवितरण एवं काङ्माङ नरेशको कविताकृति ‘अनुहारमा लुकाइएका चोटहरू’ लोकार्पण)

विप्लव ढकालले सम्मानित स्रष्टाहरूबारे र पुरस्कृत स्रष्टाबारे उजाले, ”पूर्णप्रकाश नेपाल ‘यात्री’ ले ३ दर्जन जत्ति अनुसन्धमात्मक कृति दिए । नेपाली भाषामा सबभन्दा ठूलो महाकाव्य ‘सिजापतिवाला’ उहाँले नै रचना गरे । परशु प्रधानले आख्यान साहित्यमा २ दर्जन जत्ति कृतिहरू रचना गरी मूर्धन्य स्रष्टा बन्न सके । ७ सालपछि साहित्यलाई उहाँले सशक्त ढङ्गले बढाए । नयाँ धारको लेखनलाई स्थापना गर्न सक्षम परशु प्रधानलाई सम्मानित गरी उक्त संस्था आफै सम्मानित भएको छ । श्रवण मुकारुङ (भोजपुरे स्रष्टाप्रतिभा पुरस्कारबाट पुरस्कृत स्रष्टा) जो वर्तमान नेपाली साहित्यमा अति चर्चित, लोकप्रिय हुनु हुन्छ । जसले ‘बिसे नगर्चीको बयान’ लेखी जनआन्दोलनलाई थप उर्जा थपे, । जसबाट कविताको शक्ति प्रदर्शन भएको छ । उहाँले जागिर खानु भएन अर्थात आफ्नो स्वाभिमानलाई झुकाएर आफ्नो प्रमाणपत्र कसैको जुत्तामा राखी बिन्ती गर्नु भएन, व्यापार गर्नु भएन । उहाँजस्तो साहित्यमा केन्द्रित भएको स्रष्टालाई राज्यले हेर्नु पर्छ कि पर्दैन ? उहाँजस्तो व्यक्तित्व राज्यलाई चाहिन्छ कि चाहिँदैन ? यी आजका जल्दोबल्दो सवालहरू हुन् ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘बेकर स्ट्रिटका दुई आँखा’ सँग आँखा जुध्दाको प्रभावहरू

  • by

जया जी !

तपाईँको ‘बेकरस्ट्रिटका दुई आँखा’ सँग एक दफा आँखा जुझ्दाको असरहरू (पाठकप्रतिकृया) कहने जाँगर चलाएको छु । तपाईँको निम्तो हुँदा-हुँदै उक्त कृतिको विमोचनमा उपस्थित हुन मैले नीच मारिसकेको थिएँ । किनकि म कथा बनाउँदिनँ (यद्यपि कथा पिउन मैले रुचाए पनि समय अभाव छ) र लन्डन बस्ने लाहुरेनीले फुर्सद र रहरमा बनाएको कथासङ्ग्रहको विमोचनमा वक्ताहरूले खास कुरा के बोल्लान् भन्ने मेरो पूर्वाग्रह वा उपेक्षा थियो । तर तपाईँसँग हेमखेम बढे मेरो भावी लन्डनयात्रामा तपाईँबाट साहित्यिक मदत पाइने आस, छिमेकी जिल्ला सङ्खुवासभा (भोजपुरपारि) को पुरानो वासी र पछि ससुरालीजिल्ला (झापा) वासी तथा स्वजाति महिला सर्जकको नाताले त्यस कार्यक्रममा जाने मन बनाएँ । जसले गर्दा तपाईँको रमाइलो कथाहरू पिउने अवसरदेखि मैले वञ्चित हुनु परेन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
NirveekRai-05

साहित्यले अधकल्चो भएको प्रतिभा (पोएट्री फर पिस : अ लिटिरेरि एभनिङ)

  • by

रुसी सांस्कृतिक केन्द्रको सानो कन्फेरेन्स हलमा उक्त कार्यक्रम सञ्चालन हुने तयारी । डा. युवराज भट्टराई मञ्चमा उक्लँदै गर्दा उनलाई मैले झलक्क देखेँ । तर उनले चस्मा भिरेको र दुई दशकपछि उनलाई हेरेकोले अढाई वर्षसँगै कक्षा लिएको, डेढ वर्ष जति एउटै भाँडाको खाना लिएको र साहित्यको कारणले हिमचिम भएको साथीलाई उनी हो कि भनी मैले अन्दाजसम्म गर्न सकिनँ । उनी अमेरिका भासिएको कुराले र चिकित्सक बाहेक कवि पनि हो भन्ने कुरा सोच्न नसक्नाले र उनको नामको अघि ‘डाक्टर’ सम्बोधन नहुनाले पनि त्यसो भएको थप कारणहरू हुनसक्थ्यो । ज्ञानुवाकर पौडेलले उनी अमेरिकाबाट आएको कुरा फुकेपछि भने मैले राम्ररी ठम्याउँदा उनी मेरो पूर्व क्याम्पस (महाराजगन्ज क्याम्पस) को सहपाठी युवराज भट्टराई ‘दीपज्योती’ हुन् भनी पक्का भएँ । त्यसपछि उक्त कार्यक्रममा उपस्थित भएकोमा रमाइलो थपिएको अनुभूत मलाई हुनथाल्यो । धर्के कमिजलाई पेन्टबाहिर झरेको, ३४ इन्चे गोगो पेन्ट, ब्लकहिलवाला जुत्ता, सिल्कि कपाल निधारतिर झर्ने, प्रायः हाँसेर बोल्ने र ठूलोठूलो अक्षरहरू मौलिक पाराले लेख्ने त्यस जमानाको युवराज भट्टराई ‘दीप ज्योति’ सँगको भेटले नोस्टल्जिक भएँ । उनी २०३२ साल (तेस्रो ब्याच) को प्रमाणपत्र तह (सामान्य चिकित्सा) समूहको फस्टब्याइ तथा कविता गोष्ठीमा पुरस्कार थाप्ने कवि थिए । तेस्रो सत्रमा भने भक्तराज दाहालले उछिनेर उनी दोस्रो मात्र । बङ्गलादेशको एमबिबिएसको उनको पढाइ साहित्यले बिगारेको भन्ने कुरा मेरो कानमा परेको थियो । साहित्यप्रतिको अनुरागले उनलाई तै पनि नछाडेको देख्दा उनीप्रति मेरो विशेष श्रद्धा जाग्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
NirveekRai-04

प्रभाव र विज्ञापनले कविता श्रवण (वैरागी काइँलाको एकल कविता वाचन)

  • by

केही महिनाअघि वैरागी काइँलाको एकल कवितावाचन कार्यक्रम गुरुकुलले गर्न चाहे पनि उनी बिसन्चो भएकोले रद्ध हुँदा मैले विस्मात मानेँ । उनको कविताहरू ‘मफलर भए त मेरो माया’ र ‘मातेको मान्छेको भाषण’ पिउँदा, वैरागी काइँला हतपती कवितावाचन गर्दैन भन्ने कुरा मैले सुन्नु र ‘रेडियोसगरमाथा’ बाट प्रसारित उनको अन्तरवार्ता मैले कानमा थापी उनीसँग म पट्टिएकोले गुरुकुलसम्म पुग्ने मेरो जाँगर चल्यो । नत्र कविता सुन्नु पर्ने त्यहीमाथि नोटको पाती चढाई चढाई । कत्ति चित्त नबुझ्दो कुरा ! आफू कवि हुन बल गरिरहेको भए पनि कविता सुन्ने कुरा मेरो लागि पट्यार लाग्दो पनि हो । किनकि एकान्तमा निधार खुम्च्याएर, ध्यान गाड्दै दोहोर्याई-दोहोर्याई कविता पढ्दा त मलाई आनन्द मिल्दैन र म कविता बुझ्दिनँ । सरसरती पढिएको कवितामा ध्यान गाडिएर मजा पाउँनु मेरो लागि एकदम चर्को कुरा हो । म पूर्वाग्रही हुनु, कवितामा कहानी नहुँदा मेरो ध्यान नडोरिनु र म चेक्दा (लठुवा) श्रोता हुनु नै त्यसको कारणहरू म ठान्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
NirveekRai-03

आँसु चुहेको कार्यक्रम (पारिजात पुरस्कार वितरण २०६४)

  • by

गैरवामपन्थी गणतान्त्रिक नेता नरहरि आचार्यको मञ्चआसनले म व्यग्रताको साथ उनको मन्तव्यको पर्खाइमा थिएँ । उनले बताए, “पारिजातको साहित्य आफूले पढेको छु । तिनीसँगको सामीप्य नभए पनि लक्ष्मीप्रसादजस्तै तिनी प्रतिभाशाली थिइन् । लक्ष्मीप्रसादले मुनामदनबाहेक सबै कृति जलाए हुन्छ भने र पारिजातले चाहिँ ‘शिरीषको फूल’ च्यातिदिए हुन्छ भनिन् तर कुनै पनि कृति छापिएर सार्वजनिक भएपछि त्यसलाई राख्ने वा मास्ने भन्ने अधिकार स्वतः पाठकमा रहने रहेछ अर्थात न ‘मुनामदन’ बाहेक देवकोटाको अन्य कृति जलाइए न पारिजातको ‘शिरीषको फूल’ नै च्यातिए ।”

पारिजातको ‘शिरीषको फूल’ को शून्यवाद वा निराशामा पाठकले आशा पाए भन्दै उनले भनिरहँदा केही थपडी पड्कियो । मेरो घैँटोमा घाम लागेकोले स्वस्फूर्त रुपमा मैले पनि रमाउँदै ताली ठोकेँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •