पैसाले अघाएको स्रष्टाको रुपान्तरण (स्रष्टा जगदीश घिमिरेको अन्तिम बिदाइ)
जाँदो १४ कातिक बिहान टिभिको स्कोलिङ न्युजमा स्रष्टा जगदीश घिमिरे बितेको खबरमा मेरो नजर प¥यो । साहित्यमा पूर्णकालीन रुपमा मैले खुर धसेको ७ वर्ष टेक्नु लाग्दा रुचाएको स्रष्टा नबितेकोले स्रष्टाको मलामीमा जुट्ने मेरो धोको अपूरो थियो । उनको ‘अन्तर्मनको यात्रा’ र ‘सिर्जनामर्म र उँट’ लेखले म उनीबाट पट्टिनुको बाबजूद उक्त धोको पूरा गर्ने कुराले म दोधारमा रेटिनु थालेँ । जसको कारणहरु यी थिए— उनी माइलोमाले थलिएर ‘अन्तर्मनको यात्रा’ मा उनले प्रलाप गरेपछि उनलाई अनावश्यक धेर टिठ्याइयो भन्ने मैले तर्क ठड्याउनु, उनको आयु ४ वर्ष मात्र बाँकी रहेको जानकारी चिकित्सकले दिएकोमा त्यो अवधि नाघेकोले उनीप्रतिको मेरो सहानुभूतिको पारो घट्नु, उनले ‘अन्र्तमनको यात्रा’ को पृष्ठसङ्ख्या ३ मा यी पङ्तिहरुमा हरेस गनगनाउँदै सुस्केरा फुक्नु— “ब्यङ्ककको तीनजना प्रतिष्ठित विशेषज्ञहरुले मेरोजस्तै स्वास्थ्यसूचक भएका माइलोमारोगीहरुको औसत आयु ३—४ वर्ष हुन्छ भने ।

(किरातराई लेखकसङ्घको दोस्रो स्थापनादिवसको उपलक्ष्यमा आयोजित कवितागोष्ठी तथा सम्मानकार्यक्रम)
गायक, सङ्गीतकार तथा साहित्यकार गणेश रसिकको र मेरो राजनीतिक आस्था उत्तरदक्षिण जस्तो विपरीत भए पनि नेपालमा जन्मीहुर्की साहित्यसाधनामा घोटिएको किरात राई जातिमा मेरो लागि उनी सबभन्दा (उमेर र कृतिले) जेठो र सम्मानित व्यक्तित्व हुन् । त्यसैले समको १०६ औँ जन्मजयन्ती सिद्धिएपछि उनको नक्सालस्थित डेरातिर हानिएँ ।
बाडिगार्डसहित भित्रिएका शिक्षामन्त्री प्रदीप नेपाल सोझै मञ्चमा चढेर सगोलमा नमस्कार टक्र्याए ।
मोर्निङ स्टार स्कुलको कम्पाउन्डमा भटभटे पसाएँ । मान्छेको जमघट सुरु । “रुसीसांस्कृतिक केन्द्रको कार्यक्रममा पनि तपाईँ हुनुहुन्थ्यो,” इन्दिरा अर्यालले दाबी राखिन् ।