Skip to content

अनिल याखा

माया

टिरिङ sss टिरिङ ssss गर्दै बजेको मोवाइलको अलार्मले मेरो निद्रा खलबलायो । हेरेँ, विहानको ५ बजिसकेछ, माघको महिना न हो अति जाडो थियो । आज त त्यहीमाथि वायोलोजीको प्राक्टिकल क्लास पनि लिनुपर्ने थियो । ती सब कुरा बिर्सदै मोवाइल खोलेर ड्राफ्ट मेसेज फोल्डर खोलेँ र हेर्न थालेँ उही मेसेज करिव दुई महिना अगाडि लेखेर पनि सेन्ड गर्न नसकेको । उनको फोन नम्वर पनि कम दुःख गरेर मागेको थिइन । जानी-जानी एक दिन कलेज नगई उनको साथी प्रिन्सालाई नोट माग्ने बहानामा मागेको थिएँ । त्यस रात लेखेको मेसेज आजको दिनसम्म पनि उनको मोवाइलमा स्थान जमाउन सकेन । ।