Skip to content

गणेश रजाली मगर

ठिक्कको मै छु नि

तिम्ले मलाई सोजो ठानेको लाटो छैन मेरो ।
मलाइ थाहा छ तिमी बाहेक बाटो छैन मेरो ।

माया गर्छु भनेको तिम्लाइ ,
के वाल्ल पर्छ्यौ,
पिरतिमा अन्त दाग टाटो छैन मेरो ।।

धेरै धन भएको नखोज तिमी ,
ठिक्कको मै छु नि,
न झुपडी न महल आएर हेर सिमेन्टी घर छ
टाली टाली लगाएको भाटो छैन मेरो ।।

तिम्लाइ रानी बनाइ राखौला,
घाँसपात अनि दाउरा गर्नु पर्दैन,
खन्नु पर्दैन बारि,
झारपात गोड्नु पर्ने पाटो छैन मेरो ।।

बेलैमा होस गर ,मेरो बन तिमी,
कमाको छु पर्देशमा,राम्रै लाउली मीठो खाउली ,
जांतो पिन्न बिहानमा आटो छैन मेरो ।।

निष्ठुरीलाइ सम्झिएर किन रुनु म

छोड्नेले चटक्क छाडि गइ
निष्ठुरीलाइ सम्झिएर किन रुनु म ,
उस्कै तस्बिर यो छातीमा,
पलपल सजाएर किन छुनु म ।।

कति माया गर्छु, उस्लाइ के था,२
रातभरी ननिदाइ उस्को यादमा किन हुनु म ।।

जब बिहानिको लाली चढ्थ्यो नि,
म उसैलाइ सम्झिन्थे ,२
अब उस्कै निम्ति सपना किन बुनु म ।।

त्यही बैगुनिलाइ जति सम्झन्छु,२
त्यति धेरै यादहरु,
अब उस्कै यादलाइ किन दुनु म ।।

परेली ओभाउदै गर्छ, आँसु बग्दै गर्छ,२
सम्हाल्न खोज्छ ती डिलहरु परेलीका,
व्यर्थ भो, अब सिरानी आँसुले किन धुनु म ।।

फुल फुलमा

तिमी सँग साथै हुदा फुल फुलमा डुले जस्तै लाग्छ ।
तिम्रो सारा यौवनमा मेरो सँसार भुले जस्तै लाग्छ ।
आँखा भरि तिमीलाइ राखी सपनामा खुले जस्तै लाग्छ ।
पिरतिको बास्नामै मेरो जिवन झुले जस्तै लाग्छ ।

मनभित्रको बगानमा तिम्रै माया फुले जस्तै लाग्छ ।
शरिरका नशा नशा रगतमा तिम्रो माया घुले जस्तै लाग्छ ।
भन्न मैले सकिन तिम्रो सामु पर्दा,
मैले आफैलाइ भुले जस्तो लाग्छ ।
अन्धकार मेरो जिवन , उजेलीमा खुले जस्तै लाग्छ ।

गणेश रजाली मगर
गुल्मी,
बलिथुम