Skip to content

बल्दिप चौहान

कहिले वारि देखियो

कहिले वारि देखियो कहिले पारी देखियो
आज आफ्नै काँधमा जिम्मेवारी देखियो

चोरलाई चोर भन्ने, साधुलाई साधु भन्ने
पिठ्युँमाथि नै कर्तव्यको भारी देखियो

एउटै गल्ती जोडेर

एउटै गल्ती जोडेर, अनेक अर्थ नलाऊ प्रिय
फूल छोडी काँडा गोडेर, अनेक अर्थ नलाऊ प्रिय

खाको कसम लाको प्रेम जीवनभरको हुन्छ
आधा बाटोमै छोडेर, अनेक अर्थ नलाऊ प्रिय

BaldipChauhan

कहिले घाम मन पर्छ

कहिले घाम मन पर्छ, कहिले पानी मन पर्छ
पानीभन्दा नि, पानी बोक्ने सान्नानी मन पर्छ

के थाहा तिमीलाई, कत्ति लोभी छन् यी आँखा
हृष्टपुष्ट त्यो यौवन अनि जवानी मन पर्छ