निमोठिएको गुलाब – २ (आशहिन गन्तव्य)
दिन झन-झन् बिक्षिप्त बन्दै थियो । मनमा उनको यादसिबाय केही थिएन । निद्राले त आँखाबाट बसाइँ सरिसकेको थियो । दिन त जसोतसो काट्थें तर रात कटाउने साथी आँसु मात्रै थियो । आँसुले सिरानी भिजाएरै सारा रात कट्थें । मोबाइलको घण्टी बज्नासाथ उनको याद झन बल्झिएर आउँथ्यो । आउने प्रत्येक कलमा उनैको बोली चाहन्थ्यो मनले । तर उनको नाम लेखेको कल आएन । अहँ आउँदै आएन ।
आजकल मेरो दिनचार्य पुरै फेरिएको थियो । साथीहरूसितको साथ छुटेको महिनौ भैसकेको थियो । मनिसको आगमन र बोली सुन्दा पनि रिसको पारो चढेर ह्वात्तै माथि पुग्थ्यो । मेरो यो पारा देखेर मेरो साथी ऐन निकै चिन्तित बनेको थियो । दिनौं जसो फोन गर्थ्यो उसले, घुम्न जाने फिल्म हेर्ने जाने कुरा गर्थ्यो । तर म बहाना बनएरै टार्थें ।
