Skip to content

Subash Ghimire

सजाएर डोलि,आउनेछु पृया।

सजाएर डोलि,आउनेछु पृया।
**************************
सजाएर डोलि,आउनेछु पृया।
पर्खिबसे भोलि, आउनेछु पृया।।

झुकाएर जुन,आकाशका तारा।
सिलाएर चोलि,आउनेछु पृया।।

संग्लिएका मनका, चाहाना अनेकौ।
भराएर झोली, आउनेछु पृया।।

मर्दको हु छोरा, बचनको पक्का ।
पूरा गर्न बोली, आउनेछु पृया।।

* Subash Ghimire

पुर्ब देखि पश्चिम सम्म,चर्काएर गइस ।

पुर्ब देखि पश्चिम सम्म,चर्काएर गइस ।
( Earthquake special )
पुर्ब देखि पश्चिम सम्म,चर्काएर गइस ।
सार नेपाल अनेक पट्क,थर्काएर गइस।।
मलम पट्टी गर्दै थिये, घाउमा नेपालेली।
नब्बे सालको कालो रात्री, फर्काएर गइस।।
प्रकृतिको सुन्दरतामा, बक्र दृष्टि हान्दै।
गिद्दे नजर यतै तिर, मर्काएर गईश।।
कालको घन्टी बजाउदै, अबोध हामि माथि।
बिनाशको तेजाब बर्षा, दर्काएर गइस।|
* Subash Ghimire