सजाएर डोलि,आउनेछु पृया।
**************************
सजाएर डोलि,आउनेछु पृया।
पर्खिबसे भोलि, आउनेछु पृया।।
झुकाएर जुन,आकाशका तारा।
सिलाएर चोलि,आउनेछु पृया।।
संग्लिएका मनका, चाहाना अनेकौ।
भराएर झोली, आउनेछु पृया।।
मर्दको हु छोरा, बचनको पक्का ।
पूरा गर्न बोली, आउनेछु पृया।।
* Subash Ghimire
