Skip to content

निश्चल भण्डारी

अधुरो प्रेम

अक्सर कता कता भौतारिने मन आज चरा जस्तै भुर्‍र भुर्‍र उड्न खोज्दै छ ।लाग्छ मनमा नयाँ पखेटा पलाएका छन र त मलाई उडाउन खोज्दै छन् त्यो माथीको फराकिलो आकाश तिर ।ए कता हराको उता बाट दिदि बोल्नु भयो ।निद्राबाट झल्यास्स बिउँझेझैं मैले मौनतामा बिना उत्तर दिदिको प्रश्नलाई टुङ्गो लगाए ।तैंले पनि थाहा पाइसकेको रहेछ्स ल म त गए अनि मनलाई सम्हालेर बस्नु है । दिदिका मुखबाट निस्केका शब्दहरु त्यति बुझ्नलाइ सजिला थिएनन् तर मैले बेवास्ता गरे र आफ्नै मनतर्फ फर्के । दिदि हिडेको बाटोतिर नजर घुमाउदा दिदिको छाया सम्म पहिचानमा आएन ।पाइलाका प्रत्येक ट्याक ट्याकमा धुलो उडाउने त्यो गोरेटो आज शून्य थियो । लाग्थ्यो हश्राशु