Skip to content

विक्रम पवन

paban

सपनाको बहाव

मेराे सपनाकाे राजकुमारलाई
दिनु भनेर राखेकाे फूल
कसैले छाेई दियाे भने
कम्ता दुख्दैन याे मन ।।

अचेल तिमी हँिड्ने बाटाेमा
छमछम पाउजु बजाउँदै
हँिड्न पनि डर लाग्छ
हाे मलाई बिरालो देख्दा पनि डर लाग्छ
डरले मैले धेरै चाेटि सु गरि देकाे छु
अामाले किनी देकाे फरियामा
किनकि अचेल बिरालाे बाघ बनेकाे छ
स्याल जङ्गलकाे राजा बनेकाे छ ।।

हेर त !
यहाँ स्वतन्त्र न हिजाेेे थ्याे, न अाज छ,
न त भाेलि हुन्छ, न कुनै शताब्दीमा नै हुन्छ ।।

राजकुमार तिमी कहाँ छाै
मलाई हेरिरहेका त छाै
सगरमाथामा उभिएर ।।

म अाफ्नै शरीरकाे के बखान गरूँ
मनै त हाे वटुवाकाे पनि

तिम्ले मिठाे बाेलेपछि

तिम्ले मिठाे बाेलेपछि तिम्रै भएँ जस्ताे लाग्याे
बाइ भनी छुटेपछि मलाई कस्ताे कस्ताे लाग्याे
……
सँगै हुँदा दुरी नजिक माया पनि गाढा हुन्छन्
भन्दै हिँड्नु हुन्न जाति उस्काे माया सस्तो लाग्याे
……
भित्र भित्रै गड्दैछ झन् विरहका घाउहरू
धेरै बर्ष बाँच्दैन याे जिन्दगानी यस्ताे लाग्याे
……
हृदयामा तँलाई राख्ने ठाउँ छैन भन्नू तर
पवनकाे बिन्ती याे छ नभनी द्याै भत्ताे लाग्याे
****
विक्रम पवन
बेथान -४ – रामेछाप
२०७२/०४/१५ गते । उदयपुर

यो देशका जन्ता फुटे

बहर रजज मुसम्मन सालिम’ मा लेखिएको गजल

यो देशका जन्ता फुटे फुट्छन् अरू माटो पनि
हामी सबै एकै भए जुट्छन् अरू माटो पनि

थाप्छौँ बरू गोली यही छाती फुटे फुट्छ अब
विश्वासको छिने धागो टुट्छन् अरू माटो पनि

भन्सारको बाटो ढुकी पैसा लिई माटो दियौ
हामी झुके नेपालको लुट्छन् अरू माटो पनि