Skip to content

विक्रम पवन

BikramPawan

फेरि पनि

आज फेरि पनि प्रत्येक वर्ष झैँ
पृथ्वीले एक फन्को मारिसकेको संकेत पाएलगत्तै
जन्मिएको छ अर्को नयाँ क्यालेन्डर
र क्यालेन्डरसँगै अनेकौं सपनाहरू बोकेर
निस्किएको छ अर्को समय विश्व यात्रामा ।

नायक

बा !
यहाँ सबै तपाईंजस्तै भैदिए
तपाईंले जन्माएका सन्तानहरू
तपाईंले जस्तै सपनाहरू देख्थे भने
पक्कै पनि यो देश शोकमा हुने थिएन
हुने थिएन सडकको जिन्दगी ।।

-1

देश पढिरहेकी मेरी छाेरी

आफ्नो जिन्दगीको जिम्मेवार आफैँ हुनुपर्ने
कस्तो विडम्बना असुरक्षित जिन्दगी
असुरक्षित घडीका सुईहरू ।

आजभन्दा दश वर्ष अगाडि
मलाई माया गर्ने मायालुको कोखबाट
हाम्रो सपनाको सहारा बन्न
यौटा सन्तानको जन्म भएको थियो
उनी अति नै सुन्दरी छिन्
लाग्छ उनको अनुहारमा फुलिरहेका छन्
लेकमा फुलिरहने लालीगुराँसका थुङ्गाहरू ।

अस्तित्व माथि हमला

तिमीले सास फेर्ने तरिका उस्तै छ
तिम्रो र मेरो पाखुरा पनि उस्तै छ
तिमीले चलाउने आैलाहरूपनि
ठ्याक्कै मेरैजस्तो छ
तिम्रो शरीमा भएका
धमनी र सिरा पनि मेरैजस्तो
तिम्रो छाती भित्रको मुटु मेरै जस्तो छ
महाशय !
अब भन त म को हूँ ?
सायद तिमीमा पनि जवाफ नहुन सक्छ ।।

फुल्न नपाएका बिरूवाहरू

आज बिहानै ६ बज्नै लाग्दा
जन्मिएको थियो घाम
मेरो घरको जस्केलाबाट पस्न नपाउदै
एकहुल बादल आएर हत्या गरी दियो
त्यसैबेला बाले भन्नुभएको थियो
फुल्न नपाएका बगैँचाका कोपिलाहरू देखाउदै
बाबू यी कोपिलाहरू मर्न नदिनू
यिनीहरूको पनि फुल्ने अधिकार छ

अपरिभाषित जीवनको एक हिस्सा

अामा !
मलाई काेक्राेमा सुताएर
अाउछु भनेर गएकाे पनि बर्साैँ भैसकेछ
तर मलाई अाजै जस्ताे लाग्छ
मेरी अामाले ताप्केमा लिटाे पकाएर खुवाएकाे
हाे अाजै जस्ताे लाग्छ मलाई मेरी अामाले काेखिलामा च्यापेर सुताएकाे
जाने बेला भनेकी थिइन्
बाबू ! नराेई बस्नु
म छिट्टै अाउछु त्याे माथिकाे जून टिपेर
भनेकी थिइन् अाकाशका ताराहरू देखाउदै
बाबू ! म पाेल्टा भरि ताराहरू टिपेर ल्याउछु
तिम्राे सपना पूरा गर्नुछ
तिम्राे मुहारमा खुसी देख्नु छ
हात हल्लाउँदै भनेकी थिइन्
बाबू ! म नअाउन्जेल याे फाेटाे हेरि बस्छु
तिमीलाई याे फाेटाेले पनि माया गर्छ
अाफ्नै शैलीमा हाँसी दिन्छ
हाे बाबू ! याे यात्रा तिम्रै लागि हाे

-1

म नभैदिए

म नभैदिए याे पृथ्वीमा
तिमीले सुन फलाउने बारी
तिम्राे बिगाैँ बिगाैँकाे बाँझो खेत
जाेतिने थिएन अाज सम्म
मसँग कला नभैदिए
सायद बन्ने थिएनन् हाेला फाली
बन्ने थिएनन् हाेला यतिका बर्ष सम्म काेदालाे
सायद हामीमा कला नभैदिएकाे भए
पक्कै बन्ने थिएनन् हाेला राष्ट्रिय झण्डा ।।
****
मेराे सीप नभैदिए
तिम्राे शरीरको पर्दा
सिलाउने मुन्छे हुने थिएनन्
मेराे जिन्दगीको अारन नभैदिए
तिम्राे जिन्दगीमा पाइन हुने थिएन
मेराे हातमा कला नभैदिए
चुलेसी, खुकुरी, तरबार भन्ने थिएनन्
मेराे जन्म नभैदिए याे धर्तीमा
सरकार तिम्राे अस्तित्व हुने थिएन ।।
****
तिमीले अछुत बनाएर मलाई
मुन्छे बनाई दिएका छाै

परिणाम

साला यो प्रेम दिवसले पनि
पुराना घटनाहरूलाई बल्झाई दिन्छ
पढ् भनेर पल्टाई दिन्छ आँखै अगाडि
अतितका किरमिर पानाहरू
जस्ले
मलाई तातो बालुवामा छोडेर गएकी थिई ।।

छेपाराहरूकाे महात्म्य

छेपारो रङ्ग फेरिरहन्छ
बदलिरहन्छ आफूलाई
कोरिरहन्छ आफ्नो जीवन
जसरी फेरिरहन्छन् बोली नेताहरू
आमा ! म कसरी भनौँ
नेता र छेपारो उस्तै होइनन् भनेर ।

छाती चिरेकै थिएँ पीडा सहेकै थिएँ

छाती चिरेकै थिएँ पीडा सहेकै थिएँ
साेच्दै न साेची मिठाे माया गरेकै थिएँ ।।

माेडेर बाटाे गयाै गाली गला‌ैचा गरी
खाेलेर ढाेका यहीँ बासै दिएकै थिएँ ।।

धाेका दिनेकाे यहाँ ठूलै छ चर्चा पनि
दाेषी म अाफैँ भएँ अन्धाे बनेकै थिएँ ।।

मुर्दा सरी जिन्दगी बाँचेर संसारमा
हुन्छ्याै अकेला तिमी चाँडै भनेकै थिएँ ।।
*****
विक्रम पवन
बेथान-४- रामेछाप
बहर-बसीत
रुक्न :- २२१२-२१२-२२१२-२१२

अदालतलाई चिठी

देखेको थिएँ सपनामा
वायुपङ्खी घोडा चढेको
आकाशमा चरा जस्तै उडेको
जून र तारासँग अंगालो मारेको
अनि अन्तरिक्षमा घर बनाएर
दियाली मनाएको
महोदय त्यसैबेला
उस्को अमुर्त तस्बिरहरूले
छुटाएर तारा मण्डलको अंगालोबाट
लगेको थियो मेरो अोठभरिको खुसी
ब्यूँझदा न ऊ थिया‌े
न थियो जून र तारा ।।

विडम्बनाकाे दस्ताबेज

याे कैँचीकाे ठेला
हातका अाैँलाहरूमा
बेलुन जस्तै फुलेकाे
वर्षाैँ भइसकेछ ।।

मेसिनको सियाेहरूमा खेल्दा खेल्दा
अाफ्नै कपाल फुलेको
निधार र पाेटिला गाला
चाउरिँदै गएकाे
हिमाल जस्ता सेता दाँत
गिजलाई रित्याउँदै झरेकाे

याैटा राताे डायरीभित्रकाेअधुरो कथा

त्यतिबेला भन्ने गर्थ्यौ
मेरो तस्वीर आँखामा नाचिरहन्छ
अनि आइरहन्छौ मध्ये रात
काली भन्दै सपनाको राजकुमार बनेर ।।
-=-
तर आधा रात नबित्दै
आफैँलाई बिर्सिएर
त्यही आँखाबाट निकाल्यौ मलाई
र भिजायौ तिम्रो आँखामा
कैद भएको मेरो तस्बिरहरू ।।

तिम्राे खुसी लुट्न कहाँ सक्छु र

तिम्रो खुसी लुट्न कहाँ सक्छु र म जानी जानी
सिसा जस्तै फुट्न कहाँ सक्छु र म जानी जानी

उस्ले जस्तै मैले पनि गर्नु पर्छ भन्ने छैन
आफ्नै छाती चुट्न कहाँ सक्छु र म जानी जानी

हाम्रो मुटु याैटै भन्थ्याै

हाम्रो मुटु याैटै भन्थ्याै याैटै भन्थ्याै जिन्दगी याे
भन्ने गर्थ्याै दुःख पर्दा छुट्ने छैन जिन्दगी याे
अन्जानैमा माया गर्नु भुल मेरै थियाे प्रिया
हाम्राे मुटु याैटै भन्थ्याै (sss)

मक्किएकाे डाेरि जस्तै जिन्दगी याे बनाई दियाै
छुट्ने बेला अाफैँ जलि मर्नु भनी सलाई दियाै
हिजाे सम्म भन्ने गर्थ्याै तिम्रै त हाे जिन्दगी याे
भन्ने गर्थ्याै दुःख पर्दा छुट्ने छैन जिन्दगी याे
अन्जानैमा माया गर्नु भुल मेरै थियाे प्रिया
हाम्राे मुटु याैटै भन्थ्याै (sss)

दुःख पर्दा साथ माग्याै हाँसीहाँसी साथ दिएँ
ठेस लाग्दा अाफ्नै ठानी उठाउन हात दिएँ
सडकमा फालिएको फूल जस्तै जिन्दगी भाे

खुला अाकाश मुनिकाे बास छ

गजल
!
खुला अाकाश मुनिकाे बास छ
टुट्नै लागेकाे झिनाे सास छ

कसरी मनाउ खुसी विजयकाे
अाँगनमा अाफ्नै सन्तानकाे लास छ

न अाेड्ने सिरक न लाउने कपडा
कठ्याङ्ग्रीने चिसाे बतास छ

न्याय दिन्छ दिँदैन याे विधानले
बिर्सेर सारा पिडा मर्ने अास छ

****
विक्रम पवन
बेथान-४-रामेछाप

याे देश दुख्दा नेपाली छाती

गीत
——
याे देश दुख्दा नेपाली छाती दुखेको राम्राे हाे
सगरमाथा हिमाल तराई पहाड हाम्रो हाे

ज्यानको बाजी राखेर लड्ने नेपाली सेना याे
लाग्दछ माया हे दाजुभाइ नेपाली माटाको
थाप्नु न‌ै परे छातीमा गाेली थाप्नलाई तयार छाैँ
अागाे र पानी भीर र पाखा नभन्ने सिपाही हाैँ
खरकाे छानाे माना र पाथी प्रकृति हाम्,माथा हिमाल तराई पहाड हाम्रो हाे
—-
पुर्खाकाे गाथा वीरको कथा भुल्दैनाै कहिल्यै
विपत्ति जस्तै अाइ परे नि झुक्दैनाै कहिल्यै
देशकाे लागि याे ज्यान बलि खुसी भै दिनेछौं
कायर छैनाैं मर्नु नै परे हाँसेर मर्ने छाैँ
देशकाे रक्षा खुलेर गर्नु कर्तब्य हाम्रो हाे

मेरो खुुसीकाे हत्यामा ईश्वरको संलग्नता

अाज ठ्याक्कै २६ बर्ष भएछ । अामा र मेराे भेट नभएकाे पनि । श्रावण महिना मेराे लागि कालाे महिना हाे । अझ श्रावण महिनाकाे १३ गते महाकालाे दिन । हरियाली हुनुपर्ने बन उजाड देख्छु। डढेलाे लागेकाे पाखा जस्तै । लाग्नु स्वभाविक हाे । यही महिना यही दिन मेराे खुसी लुटिएकाे थियाे । करिब ४ बर्ष… Read More »मेरो खुुसीकाे हत्यामा ईश्वरको संलग्नता