Skip to content

Ram Sharan Shrestha

गजल- इश्वरमा अग्र.. स्थान तिनैहुन् । राम शरण श्रेष्ठ ।

इश्वरमा अग्र.. स्थान तिनैहुन् ।
बा र आमा.. भगवान तिनैहन् ।
..
जन्म र कर्मदिई हिड्न सिकाइ
आत्मामा फुकिदिने प्राण तिनैहन् ।
..
सन्तानको लागि जिन्दगी अर्पर्ने
सबैभन्दा त्यागी महान तिनैहुन ।
..
बाटो सिकाए अनी माटो सिकाए
निराकार संसारमा ज्ञान तिनैहुन ।
..
पर्दैन नानाथरी धाउन तिर्थहरु
स्वर्ग चरणमै बरदान तिनैहन् ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
(यो गजल सबै सबैका आमा र बा प्रती शमर्पित छ । )