मन भन्छ
झल्यास्स सपनाबाट ब्यूँझिएँ। छेउमा भएको पानीको बोटलबाट २-४ घुट्की पानी पिएँ।किन किन मन खल्लो भएजस्तो भयो। घर्रा खोलेर एउटा सूर्य चुरोट निकाले अनि निस्पाट्ट त्यो अन्धकार रातमा तीन सर्को तानेर निभाइदिऐ। नयनभरि उनको आकृति टोलाउन थाल्यो। कता कता मनको कुनामा अँझै पनि उनी छिन् जस्तो लाग्छ। उनीभन्दा अलि टाढा पो भयो कि? ऊ, सृष्टि । सम्झिन्छु, बाल्यावस्थामा भाडा कुटी खेल्दा को त्यो क्षण; जब म अफिसबाट आउँदा ऊ खाजा पकाएर राख्दिन्थी अनि आउने बितिकै दिन्थी: लाऊ, खाऊ भनेर।
