Skip to content

सन्दप आचार्य

कदम चाल्ने दाउ दिन्छन

लचिलता दर्साएर कदम चाल्ने दाउ दिन्छन।
र बिचमै घात गरी मुटु भरी घाउ दिन्छन।।

भिड छ यहाँ हर कुरा उधार लिनेहरु को,
न फिर्ता ब्याज दिन्छन, न साँउ दिन्छन।।

सम्बन्ध गास्नु पनी जोखीम मोल्नु पर्छ,
न छोडी छुट्कारा दिन्छन न भाउ दिन्छन।।

माया पनी इन्धन चाहीने सवारी जस्तै भो
पोसे बमोजिन” माया” कामचलाउ दिन्छन।।

स्वार्थ को एक्कासी बिकास हुन्छ कसरी?
मुटुमा सजाएर राख्यो शिरमा पाउ दिन्छन।।

सन्दिप आचार्य
नवलपरासी

FB_IMG_1469515323319

ताकेर निशाना लाए

गजल सम्बेग

प्रेमधनुस उसको मुटुमा “ताकेर” निशाना लाए।
हजारौको भीडमा उसैलाइ “झाकेर” निशाना लाए।।

अन्तै कसैको रंगीन बागमा झुलीरहेकी थीइ,
थामीएन प्रेमील धुनमा “डाकेर” निशाना लाए।।

क्षमता आफुमै भएपनी इश्वर सामु  मागीरहें,
आफ्नै तक्दीरमा बसाउन “भाकेर” निशाना लाए।।

सहास निकै कडक रहेछ सागरमा पौडीदैथी,
खीयाउदै प्रेमको डुंगा “हाकेर” निशाना  लाए।।

आकासको चरी जस्तै उडीरहने मन रहेछ,
धर्तीमै सिमीत टोलाउदै “थाकेर” निशाना लाए।।

सन्दीप आचार्य
नवलपरासी