Skip to content

बिक्रम ढकाल 'अनुराग'

जता जे देख्यो त्यतै उफ्रने फट्याङ्ग्रो भइएछ

लाटो सिधा इमान्दार अनि लठ्याङ्ग्रो भइएछ
जता जे देख्यो त्यतै उफ्रने फट्याङ्ग्रो भइएछ
जोसँग अलि मोटो बलियो खालको गुलेली छ,
उसैको त्यो ईशारामा नाच्ने मट्याङ्ग्रो भइएछ ।

BikramDhakalAnuragi

संसारै फुटायौ कसोरी तिमीले

तु मान्छे जुटायौ कसोरी तिमीले
संसारै फुटायौ कसोरी तिमीले

नशाको नदीमा डुबेरै मरेको,
मलाई उठायौ कसोरी तिमीले

शरीर पुरा अनि दिमाग आदी भएपछी…

शरीर पुरा अनि दिमाग आधी भएपछि
बुद्ध पनि त आज माओवादी भएपछि
प्रेम शब्द नै स्वार्थ भइदियो देवकोटाज्यू,
मुनाकै नजरमा मदन अपराधी भएपछि