सम्झनाको वाढी
गीत
सुरेश काफ्ले विदारक
सम्झनाको बाढीको आयो मेरो मनको मझेरीमा
तिता – मिठा कुरा सबै उडि गयो तरेलीमा
कस्तो माया वस्यो बरै झ-झल्को आईरहन्छ
बिर्सु भन्छु उनको माया सम्झनाले सताउँछ
धनको लोभले मेरो माया छोडी गई पहिले
सम्झनाको बाढी आई मुटु पोल्छ जहिले
स्वार्थी छ यो दुनियाँ आफैं सबै आफै लिन्छ
ममबत्ती आफैं बलि प्रकाश अरुलाई दिन्छ
निर्मोहीको स्वार्थी माया सम्झी रोईरहन्छु
सम्झनाको बाढी आउँदा आफैं टोलाईरहन्छु ।
रचना २०६३/०२/२१
