Skip to content

औंशीको रात

औंशीको रात

औशीको रातमा चन्द्रलेनी घुम्टो ओढ्दा
हजारौं ताराहरुले आफ्नो मुहार लुकाउँछन्
मेरो आफ्नै जीवनको संस्कृती वजाउँन
बादलमा मुहार लुकाउन मलाइनै सिकाउँछन्
एक्कासी कालो रातमा ध्रुवतारा उदाउँछन्
चन्द्रमाको कालो घेरा मलाइ प्रश्न उठाउँछन्
मेरो जीवनमा मुहारको मूल्य पत्रपत्र केलाउँछन्
आखिर जीवन कस्लाइ किन प्रश्नैप्रश्न तेर्स्याउँछन