जीवन सफल बन्थ्यो कि
समयको घडि यो रोकाउन सके जीवन सफल बन्थ्यो कि
आशाको पिरती सजाउन सके माया कतै रम्थ्यो कि
आकाश भरिमा धिपधिप गरी रातो दिप बल्दिए
उज्यालो सहजै पाएर जीवन अरु सहज बन्थ्यो कि
आफ्नै सुर कसेर हिड्ने जनहरु भावनामा रम्दिए
सुन्दर संसार चमक चमक गरी अझै वढि हाँस्थ्यो कि
मनका भावना उथल पुथल वनी श्रृंगारमा देखिए
आशाको किरण पलाउँदा सरी जीवन अझै फुल्थ्यो कि
हाँसेर बिताए पल यो जीवन बास्ना सरी बन्थ्यो कि
आशाको भुमरी रहर भरीमा आशाको दिप बल्थ्योकि
