आर.एस.महरा
तिम्रो माया फर्केर हेर्दा
जुत्ता सम्झिन्थ्यौ पयरको ,हिरा छु आज कसैको नयनमा ।
सुख शान्ति छैन भन्ने सुन्छु अचेल ,तिम्रो त्यो मन चयनमा।।
छोडी गयोे क्षितिज पारी तिमी,पारेर एक्लो अनि बर्वाद मलाइ ।
कालोरात थियो वनपथमा मेरो, न आगो थियो न साथमा सलाइ ।।
सम्झी तिम्रा तिखा वचन,अगाडी म बढिरहे।
तिम्रो झुटो स्वार्थी माया लगातार म पढीरहें।।
हुरीवतास बेगले चल्यो ,पर्न थाल्यो पानी पनि ।
बर्खे भेल उर्ली आयो , निष्ठुरी त्यो काल बनि ।।
देवीदेवता साथमै थिए ,जिती आए काल पनि।
साथीहरु खोज्दै आए , के छ तेरो हाल भनि ।।
नजिक पुगी गन्तब्यको , औकात यो फेर्नु छ।
दुख कदापी हैन तर ,तिम्रो पश्चाताप हेर्नु छ ।।
