विद्यालय जानु छ
विद्यालय जानु छ कसरी पो जाने हो
किताब कापी लानु छ कसरी पो लाने हो
मोटर चढी जाऊँ कि हिँडेर नै जाने हो
फर्किएर घरमा कसो गरी आउने हो ?
साथीभाइ मिलेर रमाउँदै पढेको
सम्झना छ मलाई खेल्दा खेल्दै लडेको
अब फेरि कहिले विद्यालय जाने हो
बाँडीचुँडी सबैले खाजा कैले खाने हो ?