पर्खाइमा
सायद आज औंशीको रात थियो
आकाश निष्पट्ट अँधेरी ।
सुनसान रात टिलपिलाइरहेका ताराहरू,
चन्द्रमाको अनुपस्थितिमा
सबै फिक्का फिक्का।
सायद आज औंशीको रात थियो
आकाश निष्पट्ट अँधेरी ।
सुनसान रात टिलपिलाइरहेका ताराहरू,
चन्द्रमाको अनुपस्थितिमा
सबै फिक्का फिक्का।
नेता निर्वस्त्र भाषण गरिरहेछ
जनता दर्शक बनेर ताली पिटिरहेछन्
उ भन्दैछ…
भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।
देश र जनता सिरमा राखेर काम गर्ने छु।
बिकास र समृद्धि को नौलो आयाम ल्याउने छु।
समाज काे रूपान्तरण गर्नेछु।
ईज्जत र ईमान मा कालो दाग लाग्न दिन्न।
नीति र थिती को सँधै पालन गर्ने छु।
अनुशासन र कर्तव्य बाट च्युत कहिले हुनेछैन।
कार्याकर्ता ताली पिटिरहेछन
फाईदाको हिसाब बुजेर
जनता ताली पिटिरहेछन
भोलि को झिनो आशा बोकेर।
यो नाङ्गो नाचको श्रृंखला
जब सत्ताको कुर्सि पुग्छ नेता तब
जनतालाई उसले चिन्न छोड्छ
कार्याकर्ता ,ठेकेदार लाई काखी चेप्छ
तिमी ले पत्तै पायेनौ
मलाइ अन्दाज नै थिएन
निस्कियो धनुषको तिर
तिमी बाट … ,
आयो च्वास्स गोच्यो मेरो मुटुमै
पिडा ले चिच्याउदै म ढले।
आँखा ज्योति धमिलो हुँदै गयो
तिम्रो अनुहार ले मलाई
खिस्स हासेर भनी रहेको थियो
म दोषी हुँ।
तर तिमी लाई बिश्वास नै भएन र
तिमी ले तिम्रो मन लाई सोधेउ
मन ले उत्तर दियो।
आँखा मा बलिन्द्र धारा जार्दै
तिम्रो मनले सुनायो फैसला
म मुसुक्क हासेर र आँखा चिम्ले।
धन्यवाद !!
तिमिले अनुमती दिएउ
तिम्रो जीवनका पानाहरु पल्टाउन
मन हरु डुलमुलाउदै
पाना हरु पल्टाउन थाले
नयनहरु रसायेर टिलपिल पार्दै
तिमिले भोगेका जीवन का रङरस,
पीडा वेदना , उत्सव हार
म बुज्दै गऐ
तिम्रो जीवन का सातै रङ्ग ।
पानाहरु पल्टिदै छन्
म पढ्दै,,,
कति पढेँ
कति बुझ्न सके
मलाइ ऐकिन भयेन
तर जति बुझे
तिमी मा म पाँए
लाग्यो तिमी.. म नै हौ
बिचार र भवान को कस्तो संगम
त्यो मन र यो मनको ।