एकजोर र्टाईसुट
पजेरोको हेडलाइटजस्तो आंखा बाल्दै टक्क रोकियो
वर्षौ देखि अंध्यारोको समुद्रमा डुबेको
क्षति ग्रस्त जहाजजस्तो हाम्रो बस्तीमा
र मुलायम प्रश्नका हातहरूले सुम्सुम्याउंदै
एउटा बूढो दौरा-सुरुवालसंग सोध्यो
ठेला उठेको हत्केलाजस्तो स्वतन्त्रता
र फाटेको पाइतालाजस्तो लोकतन्त्रको हालखबर ।