Skip to content

भानु बोखिम

युगनायिका

  • by

उसले धेरै युगहरू बाँचिसकेकी थिई। सृष्टिभर कति युग आउँछ, ती युगभरि उसको आयु पक्का थियो। हरेक समयमा बाँच्थी तर उसको नाम कुनै खास समयसँग मात्र तादात्म्यता राख्दैन थियो। समयको अवधिलाई आफूभित्र कैद गर्ने युगसँग सापेक्ष थियो उसको नाम अर्थात् युगनायिका।