त्यो दिन यसरी आयो
२००७ कात्तिक २० गते बिहान शीतल निवास पस् ने विचारले श्री ५ त्रिभुवन ठूलो पहेँलो मोटरमा एक्लै सवारी भएको थियो । यसबारे कसैले थाहा पाएका थिएनन् । मौसुफको सोच पनि भारतीय दूतावासमै पस् ने थियो । त्यहीँ रहेका हामीले मौसुफ त्यहाँ एक्लै सवारी हुनु राम्रो हुँदैन, परविारसहित सवारी हुनुपर्छ भनेर अनुरोध गर्यौँ । सोही आग्रहबमोजिम कात्तिक २१ गते नागार्जुनमा सपरविार वनभोज र सिकार गर्ने निहुँ पारेर प्रधानमन्त्रीको अनुमतिका लागि मौसुफबाट खबर भएछ ।
