पिकीओतोको
पश्चिमी तटवर्ती महानगरको कार्यक्रम सकेर ‘मुनिराज’ सोझै आफ्नो भाइकहाँ आएर बसेको थियो । कामबाट छुट्टी लिएर भाइ चाहिँले दाजुलाई केही दिन त महानगरीका केही दर्शनीय स्थान, कला सङ्ग्रहालय आदि घुमाइदिएका थिए तर के गर्नु हेरेर नसकिने, घुमेर नसकिने, यो विशाल र विकसित देश, भाइ चाहिँले सधैँ घुमाइरहनु सम्भव थिएन । एक्लै घुम्न निस्कनु झन् असम्भव थियो । त्यसैले त्यतातिर घुम्न जाने मुनिराजजस्ता धेरै विदेशीले अधिकांश समय कोठामा नै झोक्राएर अथवा झ्याल बाहिरको दृश्य केलाएर बिताउनै पर्ने बाध्यता रहन्थ्यो ।
