चालीस पछिको प्रभावपरक समालोचना
नेपाली समालोचनामा प्रभावपरक समालोचनाको आरम्भ समालोचक सूर्यविक्रम ज्ञवालीबाट भएको हो । उनले विभिन्न कृतिहरूको सम्पादन तथा समालोचनालेखन प्रभावपरक पद्धतिमै आधारित भएर लेखेका छन् । ज्ञवालीपछि समालोचक रामकृष्ण शर्मा नेपाली समालोचनाको क्षेत्रमा प्रभावपरक समालोचना प्रवृत्तिलाई अँगाल्ने कुशल प्रयोक्ता हुन् । यसअगाडिका समालोचकहरूले गुणप्रधान भएर समालोचना लेखेका थिए तर शर्माले स्रष्टाको गुणपक्षलाई भन्दा दोषपक्षलाई लिएर वालकृष्ण सम र देवकोटाजस्ता साहित्यकारहरूलाई अचानो बनाएका थिए ।
