महाविनाश + सर्वनाश
अस्तिको भूकम्पले टोकियोलाई सामान्य झट्का दिए तापनि मेरो त मुटु नै हल्लाएको थियो तर त्यसले मानवीय वा अन्य कुनै प्रकारको क्षति भने पुर्याएन । त्यसो भनेर दङ्ग पर्नु पनि एउटा ठूलै गल्ती जस्तो हुन्छ किनभने टोकियोमा भूकम्प आउने सम्भावना त एकैछिन कुरा गर्दागर्दै पनि भई नै रहन्छ । म टोकियोको एउटा चारतारे होटलमा कुनै बखत मसँग एउटै विश्वविद्यालयमा पढाउने मेरो एक पुरानो साथी भिन्सेन्टसँग बसेर खानपिन गर्दै थिएँ ।
