Skip to content

सन्तोष राई दोहा कतार

चोखो माया थियो मेरो

फूलहरु फुलदो रहेछ लालिगुरास फुलसरि
याद आउदो रहेछ तिम्रो घरि घरि ।
बिर्सिदेउ भन्छु तर निष्ठुरी कै याद आउछ
अतीतलाई सम्झिएर मेरो मन तड्पिदिन्छ । ।
चरिहरु रानीबनमा पाउदोरहेछ थरीथरी
न्याउली चरि रुदा रहेछन आशु झारी झारी ।
झ-झल्को लाग्छ सधैं तिम्रो आँखा बन्द गरे पनि
तिम्रो माया कति लाग्छ आर्कै सँग गए पनि बस् अर्कै सँग गए पनि । । ।