Skip to content

ब्यक्तिगत नोट

जूका

यो दुनियाँ अचम्म लाग्छ
हेर्दाहेर्दै,
देख्छु यहाँ जूकै जूका छन।
हेर्दा न मुख देखिन्छ
न नाक अनि आँखा नै,
लुकेर आउछ सल्बलाउदै
टप्प टासिन्छ थाहै नपाई
शरीर रगताम्य पार्दै
आफ्नो भोक मेटाई रहेछ
शायद पेट्भरेपछी
शरीर को काम हुने छैन
तरपनि ,
छोड्दैन शरीर
किनभने यो त जूको हो
न सोच्न सक्छ
न बुझ्न नै
एउटा परजीबी।
न चुस्न छोड्छ
न बास्थान नै
यो जूकै जूकाको दुनियाँ
यहाँ त उनिहरुकै रजाइँ चल्छ
न्याय पाउन यहाँ उनीहरु संगै चुसिनु पर्छ