मैले हत्केलाले छोप्न खोज्दा खोज्दै
फुत्त निस्केर भागेको,
कुनै उड्दै गरेको
सिमलको भुवा जस्तो तिम्रो माया;
उड्दै उड्दै हावाको तालमा,
पटक पटक कालावाजी खाँदै,
तातो स्पर्शको क्षणिक मादमा,
घाम घाम चुलिँदै र ढल्किँदै,
चिसो भुइँमा बजारिँदा,
मेरो हत्केलाको ताप,
अचानक पग्लन्छ; मेरो आँखाबाट!