दोधार
धेरै दिनदेखि म सोचिरहेको छु। उसको बारेमा के लेखूँ? कथा, कविता, उपन्यास। दोधारमा छु। रातमा सोच्छु। दिनमा सोच्छु। साँझपख सोच्छु। खासै उपलब्धिमूलक हुनसकिरहेको छैन मेरो सोचाई। खुट्याउन असफल भईरहेको छ मेरो व्रद्म।हुन त ऊ न कुनै महान दार्शनिक हो। न बिश्वबिख्यात साहित्यकार। न बिश्वलाईचकित पार्ने महान वैज्ञानिक। न इतिहास रच्ने महान अमेरिकन पौडिवाज माइकल फ्लेप्स। न एक्काइसौं शताब्दीको शुरुवाती वुश। त्यही पनि धेरै दिनपछि आज पाजिएर रहेको भावना, अलिकति भोगाई, थोरै देखाई, धेरै सुनाईहरुलाई बटुलेर केही लेखिदिउ न त भनेर लेख्नलाई तम्सेको उसको लागि भन्दा पनि आफ्नो भौतिक शरीर मरेर गए पनि आफ्नो नाम कतै बाँच्छ कि भनेर।
