उल्टो बुद्धिका मुर्कट्टाहरु मित्रलाल पंज्ञानी गद्य कविता उम्रन्छन् आँसुका बृक्ष (कविता-संग्रह) by alokMay 4, 2009तँ दिएर तपाइँ खोज्ने रोग दिएर ढोग खोज्ने लात दिएर हात खोज्ने रस चुसेर जस खोज्ने शङ्का दिएर विश्वास खोज्ने अन्धा आवेगहरुमा यौटाको बदला अर्कासित लिने झिनो चलाखीका चलाख कस्ता कस्ता नकच्चरा राक्षसी हाँसो हाँसिरहेछन् उल्टो बुद्धिका मुर्खट्टाहरु ।