Skip to content

स्पन्दन

नबोले नि रातभरि उनको मात्र सम्झना

नबोले नि रातभरि उनको मात्र सम्झना
निदाउदा रातभरी जुनको मात्र सम्झना

मनभित्र गुम्सिएर नबोलेका बोलीहरु
सपनामा रातभरि धुनको मात्र सम्झना

हाँडीमा भटटटट भुटे पनि खुसी नै छु

हाँडीमा भटटटट भुटे पनि खुसी नै छु
बनाएर गुन्द्रुक झैँ कुटे पनि खुसी नै छु

सुम्लायेका डोबहरू अति सहें निला निला
वेदना लछार्दै पिटे पनि खुसी नै छु