Skip to content

www.kshitizpara.blogsome.com

गीत

पत्थर होइन मेरो मुटु पनि किन दुखाउँछौ
साउने झरी भए मेरा नयनहरु किन रुवाउँछौ

भनेकै हु मैले अव दुई मुटु एउटै भए
सँगै जिउँछौ हामी सधैँ धर्ती आकाश रहे
मेरो कुरा नबुझी किन मेरो खिल्लि उडाउँछौ

चक्रव्यूह

आज महिनाको पहिलो शुक्रवार हो । रातको नौ बज्नै लागेको छ । एउटा लगभग चालिस बर्ष जतिको वूढो आएर हामी लहरै बसेका केटीहरु सबैलाई एकनाशले हेरिहन्छ । एकछिन पछि मलाई भित्र जाने संकेत गर्छ । सायद मलाई मन परायो होला । म खिस्स हाँसेर मुन्टो हल्लाउँछु । ऊ आधा बेहोस छ सोमरसले । ठ्वासठ्वासती गनाइरहेको छ ।यहाँ आउने प्रायः सवैले ूपावरूलगाएका हुन्छन् । वूढोले चाहिँ अलि फूल चार्जू गरे जस्तो लाग्छ । तरपनि म वूढोलाई काखी च्यापेर लाग्छु कोठातिर ।

प्रीतिका लागि

सुन्दर त्यो मुहार
पूर्णिमाको जून
तारा बटुलेर उनेँ माया माला
प्रत्येक थोपा-थोपा आँशु सँगालेर

प्रीतिका पहिले-पहिलेका कुराहरु सम्झेर
डुबिरहन्छु भावनामा सधैँ

गजल

दिनदहाडै छिमेकीले साध मिच्न थाले पछि
चुपचाप सधैं बस्नु हुन्न जङे पिलर ढाले पछि ।

गर्दा गर्दै अलिअलि सबै मेरै भन्न बेर छैन
सिमानाको ढुङो सारी त्यही कुकुर पाले पछि ।