Skip to content


सुन्दर त्यो मुहार
पूर्णिमाको जून
तारा बटुलेर उनेँ माया माला
प्रत्येक थोपा-थोपा आँशु सँगालेर

प्रीतिका पहिले-पहिलेका कुराहरु सम्झेर
डुबिरहन्छु भावनामा सधैँ

कसैबाट तिरस्कृत
अपहेलित भएर वाँच्न विवश
एक्लो बाटो
एक्लै म
हिड्दा-हिड्दै जिन्दगीमा
फुलेको यौवन
कसैको माया पाउदा नपाउदै
कसैले चुम्दा नचुम्दै
ओइलिएर झर्न लागेको
गुलावको फूल

आफैँलाई सोध्न मन लाग्छ-
के फूलको आकर्षण भन्दा
काँडाको तिखो धार बढी छ मसँग
त्यसैले
हुन सकेन एउटा सजीव शरीर
नत्र
मुटु र शरीर एउटै भएको मायामा
किन पस्न सकेन श्वास
आज म
उसको र मेरो भेट हुने दिन
अर्को जन्म थाति राखेर
गोडमेल गरिरहेको छु
हाम्रो भेट हुने फूलको बगैँचा
उसको लािग
प्रीतिका लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *