Skip to content

छन्दका पत्करहरू – २०६६ बाट

ChintuGiri

अयो जमाना नयाँ

छोरो पाल्छ कपाल कानहरुमा मुन्द्रा भिरी हिड्दछ
यो छोरी कम छैन झन् अझबढी नौली बनेकी उ छ ।
आँखी भौँ जति खुर्किइ रङ दली त्यो जाल जस्तो लुगा
भिर्छे शर्म मलाई लाग्छ उ भने मख्खै परेकी छ बा ॥

साँढे सात बजे उठेर घरकी माग्छे बुहारी चिया
आठौँ बर्ष बिबाहका दिनबिते छैनन् अझै दोजिया ।
क्यै गर्दा तल माथि पर्छ कि भनी सासू सधैँ थर्थर
मेलम पात र रुझ्नुु भिज्नु छ सधैँ बस्छिन बुहारी घर ॥