Skip to content

करन बिवश को 'गजल यात्रा' गजल सङ्ग्रह भित्र बाट............

फुल्दै थियो………(गजल)

फुल्दै थियो कोपिला यो, बचाउने माली छैन
फूल को नि के अर्थ भो, सजाउने माली छैन

उमङ्गमा मिठो धुन सङ्गै, रम्ने ठुलो धोको थियो
साथमा बासुरी त थियो तर , बजाउने माली छैन

ना-ना थरि बात लगाई, दोष मात्र लगाउने यहाँ
छिनो फानो गरी न्याय, दिलाउने माली छैन

मनमा रहरहरु सङ्गालेर पनि, बाध्यता त उस्तै-उस्तै
चौरासी ब्यन्जनको के अर्थ, खिलाउने माली छैन

अनुरागी कोही भएन, सधैं एक्लो रह्यो बिवश
माया ममता जिन्दगीमा, भिजाउने माली छैन

– ©करन बिवश ।
रचना मिती :- २०६२-०४-२५ गते [बैतडी]