राजधानी
फोहोरको खानी हो कि राजधानी हो यो?।
जतासुकैहिलाम्य छ देख्तै घिन लाग्दो।।
हिँडीसक्नु छैन बाटो रोप्ने खेत जस्तो ।
गर्छौँ विकास भनि नेता भाषण गर्थै सस्तो।।
राजधानीको बेहाल देखेँ हामी भन्दा दुखी ।
हराभरा प्रकृतिको हाम्रै झापा सुखी।।
दुईचार दिन बस्छु भनि राजधानी गएँ।
अडिएन मन त्यहाँ चाँडै फर्की आएँ।।
प्रधानमन्त्री मन्त्री साम्सद भएभरका नेता।
काले गोरे नेप्टे थेप्चे गहुँबर्णे सेता।।
जोडेका छन् महल ठूला गुड्छन् पजेरोमा।
जनताले बस्नु पर्ने सधैँ अँध्यारोमा ।।
होटेलमा बस्दा पनि लोडसेडिङ्गको मार
बाटो हिड्दा जुत्ता खोली खट्टा नाङ्गेझार
मन थ्येन जान त्यता काम परेरै गएँ
